Mega Bank Limited
काठमाण्डौ । मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३९ करोड ३६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ३७ करोड ९ लाखमा सीमित थियो ।
यसरी हेर्दा खूद नाफातर्फ बैंकले ६.१३ प्रतिशतको प्रगति गर्न सकेको देखिन्छ । तर, बैंकको चुक्तापूँजी भने ४ अर्बबाट ७ अर्ब ३७ करोडको उचाईमा पुगेको छ । पूँजीमा ८३.८७ प्रतिशत वृद्धि हुँदा नाफामा भने ६.१३ प्रतिशतको मात्र प्रगति हासिल भएका कारण प्रतिसेयर आम्दानी भने घटेको छ ।
समीक्षा अवधिमा यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १० रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ४९ पैसा थियो ।
बैंकको खर्च अत्यधिक बढेका कारण संचालन नाफामा गिरावट आएको छ । अघिल्लो वर्ष ५ अर्ब २७ करोड बढी रहेको यस्तो नाफा घटेर ४७ करोड ३१ लाखमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकले ४५ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४० अर्ब ७६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३८ अर्ब ५१ करोड निक्षेप संकलन गरी ३४ अर्ब १ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकको खराब कर्जा ०.६७ प्रतिशतबाट बढेर ०.९६ प्रतिशत पुगेको छ भने १ अर्ब ३० करोड रहेको रिजर्ब कोष बढेर १ अर्ब ६७ करोड पुगेको छ ।
संभावित जोखिम व्यवस्थापनका लागि २० करोड ८८ लाख प्रोभिजनमा राखेको बैंकको प्रतिसेयर नेटवर्थ १२२.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.०३ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago