Nepal Investment Bank
काठमाण्डौ । आफूलाई देशकै टप वाणिज्य बैंक मान्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न असफल भएको छ । तथापि, यो बैंकका अन्य सूचकहरु ब्ढेका छन् ।
यो बैंकले समीक्षा अवधिमा १ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढीको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकले २ अर्ब ३२ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानीलाई बढाई २ अर्ब ६८ करोडको उचाईमा पुर्याएको छ ।
यस्तै, २ अर्ब ३२ करोड रहेको संचालन नाफा २ अर्ब ४४ करोड पुगेको छ ।
यो अवधिमा बैंकमा खराब कर्जा(एनपिएल)को थुप्रो लागेको छ । अघिल्लो वर्ष ०.७ प्रतिशत रहेको खराब कर्जा बढेर १.१२ प्रतिशत पुगेको हो । यसरी खराब कर्जा ६० प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको रिजर्ब कोष ९ अर्ब १६ करोडबाट बढी ९ अर्ब ९१ करोडको उचाईमा पुगेको छ ।
अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब ७० करोड रहेको चुक्तापूँजी २२.०५ प्रतिशतले वृद्धि भई १० अर्ब ६२ करोड पुगे पनि सोअनुसार नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी खस्किएको छ । अघिल्लो वर्ष यही अवधिमा ३६.४१ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष घटेर ३४.४५ रुपैयाँ कायम भएको छ ।
यस्तै, प्रतिसेयर नेटवर्थ १९३.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०७ गुणा कायम भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago