काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लगानीयोग्य रकम नपाएर फिट्फिटी परिरहेका बैंक तथा बित्तीय संस्थाहरुलाई बोलकबोलमा निक्षेप दिने भएको छ ।

केन्द्रीय बैंकले आफ्नो कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ विभिन्न बैंक तथा बित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्ने भन्दै बोलकबोलमा सहभागी हुन सूचना प्रकाशित गरेको हो ।

राष्ट्रबैंकले वाणिज्य बैंकहरुका लागि १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकहरुका लागि २८ करोड ८० लाख र बित्त कम्पनीहरुका लागि ९ करोड ६० लाख निक्षेप दिन लागेको हो ।

एकवर्षे मुद्धती निक्षेपका लािग क, ख र ग वर्गका बैंकलाई आफूले लिन चाहेको रकम र त्यसमा उपलब्ध गराउनसक्ने ब्याजदर समेत उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ । आगामी माघ  १९ गते अपरान्ह १ बजेभित्र राष्ट्रबैंकको बित्त व्यवस्थापन विभागमा बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तर, राष्ट्रबैंकले उपलब्ध गराउन लागेको निक्षेप बोलकबोलमार्फत लिनका लागि बैंक तथा बित्तीय संस्था संचालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ । राष्ट्रबैंकले प्रकाशित  गरेको निक्षेप लगानी सम्बन्धी सूचना यस्तो छ: