 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वकै एक चर्चित कार कम्पनीले यस्तो काम गरिदिएको छ, जसका कारण सो कम्पनीको अहिले विश्वभर बदनामी भइरहेको छ । जर्मनीको कार कम्पनी भोक्सबेगन(Volkswagen) लगातार फेरि एकपटक मिडियाहरुमा छाइरहेको छ र योपटक कम्पनीको एउटा स्क्याण्डलका कारण यस्तो भएको हो ।
यसअघि यो कम्पनीमाथि विश्वका कयौं शहरमा निकै ठूलो जरीवाना गरिएको थियो, कारण उसले आफ्नो गाडीमा यस्तो उपकरण लगाइदिएको थियो, जसले प्रदूषण चेकजाँच गर्ने मसिनलाई धोका दिन्थ्यो । साथै, यो कम्पनीका कारहरु सुरक्षाको हिसाबले समेत जोखिमपूर्ण रहेको पटक–पटक पुष्टि भइसकेको छ । अमेरिकामा यो कम्पनीको यस्तो हर्कतकै कारण २६ अर्ब डलरको जरीवाना गराइएको थियो ।
सुनुवाईको क्रममा अर्को खुलासा
यही बिषयमा अमेरिकामा सुनुवाईको क्रममा यो सनसनीपूर्ण खुलासा भयो कि कम्पनीले आफूले उत्पादन गर्ने गाडीहरुलाई उत्कृष्ट साबित गर्नका लागि एक गोप्य परीक्षण गरेको थियो । यो क्रममा १० वटा बाँदरलाई यो गाडीले फाल्ने धूँवामा राखेर श्वास फेर्न बाध्य बनाएको थियो । कम्पनी ब्रिटिश अधिकारीहरुसामु यो प्रमाणित गर्न चाहन्थ्यो कि उसको डिजल कारबाट निस्किने धूँवा ज्यादा हानिकारक छैन, तर यो परीक्षणमा समेत एउटा निकै ठूलो खेल खेलिएको एजेन्सीहरुले जनाएका छन् ।
भएको के थियो ?
सन् २०१४ मा अमेरिकाको एक ल्याबमा एक अनौठो परीक्षण गरियो । १० बाँदरलाई हावा नआउने एक चेम्बरमा बन्द गरियो । ती बाँदरहरुको मनोरञ्जनका  लागि कार्टुन च्यानल लगाइयो र त्यो कोठामा भोक्सवेगनको बिटलको धूँवा छाडियो । बाँदरहरुले त्यही धूँवामा जेनतेन श्वास लिइरहे । यो  पूरा प्रयोगका लागि आवश्यक पैसा पनि कम्पनीले नै दिएको थियो । यसको उद्देश्य यो साबित गर्नु थियो कि उसले बनाएको अहिलेको डिजल गाडी पहिलाको भन्दा कयौं गुणा सुरक्षित छ ।
गाडी बदलिइयो
तर,  परीक्षणमा सामेल अमेरिकी वैज्ञानिकहरुलाई यो कुरा थाहा थिएन कि कम्पनीले उनीहरुलाई जुन गाडी उपलब्ध गराएको थियो, त्यसमा केही यस्तो परिवर्तन गरिएको थियो कि कारले निकै नै कम प्रदूषण गरिरहेको थियो । यसको अर्थ कम्पनीले ल्याब परीक्षणका लागि विशेष गाडी तयार गरेर दिएको थियो । यो रहस्य केही दिनअघि मात्र खुलासा भयो र अहिले यो कम्पनीको विश्वभर बदनामी भइरहेको छ र यसले कम्पनीको उत्पादन बिक्रीमा भारी गिरावट आइरहेको छ।
स्मरणरहोस्, यो कम्पनीको गाडी नेपालमा समेत लामो समयदेखि बिक्रीवितरण हुँदै आएको छ । तर, सुरक्षाको बिषयमा नेपालका गाडी प्रयोगकर्ताले खासै ध्यान नदिने हुँदा असुरक्षित भोक्सवेगनको गाडी नेपालीहरु निर्वाध चढिरहेका छन्, किनिरहेका छन् । यो बिषयमा सरकार तथा अन्य सम्बद्ध निकायहरुले समेत चासो दिएका छैनन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19