काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमीटेडको महाराजगञ्ज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब रु. ३०,००० बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । 

वृद्धाश्रममा आयोजित एक समारोहका बीच महाराजगञ्ज शाखाका प्रबन्धक सुश्री दिभा राणाले  त्यहाँका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् ।

सो आश्रमले आफ्नो घरपरिवारबाट अपहेलित २५ वृद्धवृद्धालाई आश्रय दिइरहेको छ । बैंकबाट प्राप्त सहयोगपछि त्यहाँका वृद्धाहरुले खुशी व्यक्त गरेका थिए ।