काठमाण्डौ । जबदेखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कुर्सी सम्हाले, तबदेखि उनी कुनै न कुनै कारणले चर्चामा रहने गरेका छन् । अधिकांश समय उनी अमेरिकी नागरिकहरुलाई जागिरमा प्राथमिकता दिने, व्यापार कानून बदल्ने तथा पैसाको मामलाका कारण चर्चामा आउने गरेका छन् । तर, यो पटक भने उनी एक पोर्नस्टारसँगको सम्बन्धको बिषयलाई लिएर चर्चामा आएका छन् ।
केही समयअघिदेखि नै यो बिषयमा पर्दाभित्र चर्चा भइरहेको भए पनि अब यो मामला अदालतसम्म पुुगेपछि छरपस्ट भई बाहिरै सार्वजनिक भएको अमेरिकी मिडियाहरुले जनाएका छन् ।
खासमा ब्लुु फिल्ममा काम गर्ने एक महिला स्टारले डोनाल्ड ट्रम्पविरुद्ध अदालतमा मुद्धा दायर गरेकी छिन् । उनले क्यालिफोर्नियाको अदालतमा मुद्धा दायर गर्दै ट्रम्पले राष्ट्रपति निर्वाचनअघि गरेको एक सम्झौतालाई अदालतले गैरकानूनी ठहर गर्नुपर्ने माग गरेकी छिन् । यो नन् डिस्क्लोजर अग्रीमेन्ट थियो, जसमार्फत कोही कसैले अरु कोहीसँग केही कुरा कहिल्यै पनि सार्वजनिक नगर्ने सम्झौता गर्छ ।
ट्रम्पले सम्बन्ध बनाए
यी पोर्न स्टारको नाम स्टार्मी डेनियल हो । तर, उनको खास नाम चाहि स्टेफ्नी क्लिफोर्ड रहेको समाचारमा जनाइएको छ । उनले ट्रम्पले आफूसँग सम्बन्ध राखेको र यस्तो सम्बन्ध एकवर्षसम्म लगातार जारी रहेको दाबी गरेकी छिन् । उनले ट्रम्पले आफूसँग प्लेटोनिक रिलेसनसीप बनाएको दाबी गरेकी छिन् । यस्तो रिलेसनसीप(सम्बन्ध)मा महिला र पूरुषबीच कुनै शारिरीक सम्बन्ध हुँदैन, तर मायाप्रेम भने हुन्छ ।
लाखौं दिइएको थियो
ट्रम्पका निजी वकिल माइकल कोहेन स्वयम्ले यो कुराको पुष्टि गरेका छन् कि उनले स्टार्मीलाई झण्डै डेढकरोड रुपैयाँ रकम दिइसकेका छन् । यो रकम सो अग्रीमेन्टको एक हिस्सा थियो । माइकलले ट्रम्प र यी पोर्नस्टारबीच मायाप्रेमको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । त्यसो त अदालतमा परेको मुद्धामा कोहेनले स्टार्मीलाई चूपचाप बस्न, नभए जे पनि हुनसक्ने धम्की समेत दिएका आरोप लगाइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago