NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमीटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।
बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमीटेड, भारतसँग सम्झौता गरी नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३,५०० भन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ ।
हाल एनआइसी एशिया बैंक मुलुकभर गरी १९२ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । बैंकको १९३ एटिएम रहेका छन् भने ४ वटा एक्सटेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३९३ भन्दा बढी भौतिक सञ्जाल मार्पmत् बैंकले देशभर आफ्नो सेवा बिस्तार गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago