NIC Asia Bank Limited
काठमाण्डौ । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।
एक समारोहका बीच नयाँ शाखाको गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुगां भएको बताए ।
अब एनआइसी एशिया बैकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहजता हुने उनले विश्वास व्यक्त गरेका थिए ।
बैंकको १७४ औं शाखाको रुपमा कांग्रेसचोकमा एटिएम सहित सेवा औपचारिक रुपमा सुरु भएको बैंक संचालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले बताए ।
‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भए पनि गाउँ गाउँमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउँ गाउँमा शाखा बिस्तारको लक्ष्य अनुसार बिस्तार भइरहेको बताए ।
बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग रहेका छन् ।
बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago