काठमाण्डौ । नयाँ माइक्रो फाइनान्सको रुपमा दुई दिनअघि संचालनमा आएको आशा लघुवित्त बित्तीय संस्था र प्रभू मनि ट्रान्सफर प्रालिबीच रेमिटान्स सम्झौता भएको छ । 

सम्झौतामा प्रभू मनि ट्रान्सफरको तर्फबाट बजार प्रबन्धक श्यामराज गौतम र आशा घलुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खड्काले हस्ताक्षर गरेका छन् । 

नुवाकोटको मदानपुर ८ मा प्रधान कार्यालय रहेको आशा लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । निकट भविष्यमै आफ्नो संस्थाले प्रभू मनि ट्रान्सफरको रेमिटान्स सुविधा संचालन गर्ने सीइओ खड्काले जानकारी दिए । 

बैंक तथा बित्तीय सेवाको पहुँचबाहिर रहेको सो क्षेत्रका बासिन्दा प्रभू मनि ट्रान्सफरको सुविधा आउने भएपछि खुशी भएका बताइएको छ ।