काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो  वर्षको यही अवधिमा यस्तो नाफा २४   करोड ४९ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५  करोड १२ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड रहेको थियो ।

यो अवधिमा बैंकको संचालन मुनाफा ३९ करोड ३८ लाख पुगेको छ, जुन अघिल्लो वर्ष ३८ करोडमा सीमित थियो ।

बैंकले समीक्षा अवधिमा १४ अर्ब ७५करोड निक्षेप संकलन गरी १४  अर्ब बराबरको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ११ अर्ब ७८ करोड निक्षेप संकलन गरी १० अर्ब ८१ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले रिजर्बकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्ष ६२ करोड २० लाखको उचाईमा रहेको कोषको आकार  बढी यो वर्ष ८२ करोड १४ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष ०.६९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा  केही बढेर ०.७० प्रतिशत पुगेको छ  भने तेश्रो त्रैमाससम्म यो बैंकको सीडी रेसियो ७८.१४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी १४.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.८८ रुपैयाँ कायम भएको छ । गत वर्ष यही  अवधिमा इपीएस ३०.४२ रुपैयाँको उचाईमा थियो ।