काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ ।
खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरे । त्यसैगरी, झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपीकृष्ण न्यौपानेले गरे ।
साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुविधा समेत उपलब्ध गराएको बताएको छ ।
यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा गरेको छ ।
उक्त शाखाहरु समेत बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउण्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको जनाएको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19