काठमाण्डौ । निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । 

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रूडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको देशभर रहेका सबै ११९ शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीभुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्नसक्ने छन् ।

जनता बैंकले हाल देशभर ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सीमित बैंकिङ्ग इकाई, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।