काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले हालसम्मकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीको बिहीबार सम्पन्न २२४ औं बोर्ड बैठकले हालसम्मकै कम बोनस दरको प्रस्ताव गरेको हो ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यो कम्पनीले गत वर्ष ६ करोड ४१ लाख खूद नाफा आर्जन गरेको थियो ।