काठमाण्डौ । नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत उमेरको हद तोकेपछि जागिरबाट हात धुने बाध्यतामा परेका प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर न्यायको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि उमेरको सीमा तोकेर परिपत्र गरेसँगै सीइओ मानन्धर स्वतः पदमुक्त भएका थिए । उनी स्वतः पदमुक्त हुनुभन्दा चार दिनअघि मात्रै उनलाई बैंकको संचालक समितिले ४ वर्षका लागि पुनः नियुक्ति गरेको थियो ।
आफ्नो पुनः नियुक्तिलाई नै धरापमा पार्ने गरी राष्टबैंकको उमेरको हद कायम गरेपछि उनी रुष्ट देखिएका हुन् । मानन्धर पदमुक्त भएसँगै बैंकले सञ्जिव मानन्धरलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिसकेको छ ।
उनले नेपाल राष्ट्रबैंकले मनलाग्दी निर्णय गर्दै त्यसलाई परिपत्र गरी जबरजस्ती कार्यान्वयन गराउन खोजिएको भन्दै त्यो आदेश कानूनसम्मत र व्यवहारिक नदेखिएकोले सो स्थगतको माग गर्दै उनले साउन २२ गते उत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका हुन् ।
सीइओ मानन्धरले राष्ट्रबैंकले कुनै पोलिसीमा नल्याएको स्प्रेड दर गणनाको नयाँ विधि लागू गर्न खोजेर बैंकिङ उद्योग धराशायी बनाउने खोजेको र यसले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तिमा समेत बाधा पुग्ने तर्क समेत पेश गरेका स्रोत बताउँछ ।
सर्वोच्च स्रोतका अनुसार उनले दर्ता गराएको रिट बिहीबार हेर्न भ्याइएन ।
बिहीबार उनको रिटउपर इजलास नम्बर ३ बाट आदेश हुनसक्ने संभावना थियो । न्यायाधीश मिरा खड्काको एकल इजलासमा उनको रिट पठाइएको थियो ।
राष्ट्रबैंकले सोमबार एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्षको उमेर हद तोकेको थियो । यसको अर्थ बैंक तथा वित्तीय संस्थामा कार्यकारी प्रमुखको पदमा कायम रहने उमेरको हद ६९ वर्ष रहेको थियो । यो व्यवस्थाले मानन्धर स्वतः पदमुक्त भएका थिए ।
यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक हुनलाई समेत उमेरको हद तोकेको छ । जसअनुसार अब ७० वर्ष नाघेको व्यक्ति संचालक पदमा नियुक्त हुन पाउनेछैन। ७४ वर्ष उमेर पुगेपछि संचालकले पद त्याग गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago