काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लोभलाग्दा प्रगति गरेको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा १३५.३२ प्रतिशतले खुद नाफा बढाएको छ । समीक्षा अवधिमा संस्थाले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले ८ करोड २४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा ३ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाले १३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्ष यही अवधिमा ८ करोड ४९ लाख रुपैयाँ थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

यो अवधिमा संस्थाले १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ९८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ४६.७५ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा ६ करोड ८१ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १० करोड ४० हजार रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ३४ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २१.४५ रहेको छ ।