काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यो अवधिमा संस्थाले ३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। संस्थाले गत वर्ष २ लाख ७७ हजार रुपैयाँमात्र नाफा आर्जन गरेको थियो। 

संस्थाको सञ्चालन मुनाफा पनि बढेर ६ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८५.९५ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ। 

संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ३९ करोड ४३ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार १५५.५३ प्रतिशतले बढेर २६ करोड २० लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १० करोड २५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३९.८८ रुपैयाँ रहेको छ। पीई रेसियो १४५.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६.४७ रुपैयाँ रहेको छ।