काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम महिना असारका अब आउने दिनका सार्वजनिक विदाका दिनमा समेत बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । 

नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै असार २४ गते(शनिवार), २३ गते(शुक्रबार)र असार ३० गते(शनिवार)को दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते(आइतबार) बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर(इएफटी)को फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो । 

अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजश्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि यो अवधिमा नेपाल क्लियरिङ हाउसको सेवा पनि खुल्लै राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।