– रेखा चन्द
काठमाण्डौ । बैंकहरुले असोज महिनामा पनि निक्षेपको ब्याजदरलाई स्थिर राख्ने सम्भावना देखिएको छ।
लामो समयदेखि स्थिर रहँदै आएको बैंकहरुको निक्षेपको ब्याजदर असोजमा पनि स्थिर नै रहने सम्भावना रहेको एक वाणिज्य बैंकका सीईओले बताए। ‘असोजमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर नै राख्न सक्छन्’, ती सीईओले भने, ‘नेपाल बैंकर्स एसोसिएसन (एनबीए)मा १–२ दिनभित्रै ब्याजदर के गर्ने भन्ने विषयमा बैठक हुनेछ। बैठकले नै औपचारिक रुपमा ब्याजदरका विषयमा निर्णय होला।’
ब्याजदर बढाउँदा पनि प्रणालीमा स्रोत आउने अवस्था नभएपछि भदौमा पनि निक्षेपको ब्याजदर स्थिर राखिएको थियो। राष्ट्र बैंकले संस्थागत मुुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुुद्दति निक्षेपको ब्याजदरभन्दा २ प्रतिशतले कम गर्न निर्देशन दिएपछि बैंकहरुले भदौमा संस्थागत मुुद्दति निक्षेपको ब्याजदर १०.०३ प्रतिशतबाट घटाएर ९.०३ प्रतिशत कायम गरी नयाँ ब्याजदर प्रकाशित गरेका थिए।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदरहरु बढाउँदै बैंकहरुलाई जति बेला पनि ब्याजदर घटबढ गर्न पाउने सुविधा दिएको थियो। तर, एनबीएले लागत मात्रै बढ्ने निष्कर्ष निकाल्दै भदौमा वाणिज्य बैंकहरुको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको थियो। यस्तै भदौमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर बढाएनन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19