काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ९३ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४१.४३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६६ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि बढेर ९६ लाख १४ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९१ लाख १० हजार रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले १ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा १ करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले ६२ करोड ४० लाख रुपैयाँ सापटी लिई १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४२ करोड ११ लाख रुपैयाँ सापटी लिई ७९ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ६६.२३ प्रतिशतले बढाएर ७ करोड ८७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७.३८ रुपैयाँ रहेको छ। पीई रेसियो १२.४४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७९ रुपैयाँ रहेको छ।