काठमाण्डौ। साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने मुख्य अजेन्डासहित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। जसअनुसार सभा यहीअसार २८ गते काठमाण्डौको नक्सालस्थित काठमाडौ म्यारियट होटलमा आयोजना हुनेछ।सभामा आईपीओ निष्कासनको प्रस्ताव मुख्य अजेन्डाका रुपमा राखिएको छ। सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ।
कम्पनीले निकट भविष्यमै १०० रुपैयाँअंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19