काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको सञ्चालक समितिको गत मंसिर २६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा अत्तरियाको होटेल नमस्तेमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले संस्थाको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थाको प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सोही सभामा गत आर्थिक वर्षका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित हुनेछन्।
खप्तड लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ।
कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।
खप्तड लघुवित्तले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19