– अर्जुन तिमिल्सिना
काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।
कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ।
आधाभूत पक्ष
कम्पनीको हाल चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। रिजर्भमा ५६ करोड ४२ लाख रुपैयाँ छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको ईपीएस ५.२२ रुपैयाँ, बुक भ्यालु १४५ रुपैयाँ र रिटर्न अन इक्विटी (आरओई) ३.४६ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीको सेयरमा स्ट्रङ बुलिस सेन्टिमेन्ट देखिन्छ। गत आर्थिक वर्ष २०७८–७९ का लागि आकर्षक लाभांश घोषणा गरेका कारण पनि यो कम्पनीको सेयरमा लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ। कम्पनीको ५२ साताको न्यून मूल्य ४३७ रुपैयाँ र उच्च मूल्य ६४४ रुपैयाँ रहेको छ।
दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार ४९५ रुपैयाँमा भएको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
दैनिक चार्टमा बोलिंगरमार्फत यो कम्पनीको मूल्यरेखालाई हेर्दा यसभन्दा अगाडि सुटिङ स्टार बनेको छ। यसका साथै आज माथिल्लो ब्यान्डमा छोएर रातो मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डसम्म आउन सक्ने देखिन्छ। त्यो भनेको ४६५ रुपैयाँसम्म पनि हुन सक्छ।
म्याक्डीमार्फत हेर्दा २३ अक्टोबारमा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का बन्दै गएको छन्। आरएसआई भने ६० को विन्दुबाट झरेर ५४ को तहमा आएको छ। यसले यो कम्पनीको सेयरमा अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ।
फिवोनासीका आधारमा
फिवोनासी टुल्स यस्तो एक औजार हो, जसका माध्यमबाट बजार तथा कुनै पनि कम्पनीको सेयर एकपटक बढेर घट्न सुरु गरेपछि फेरि कतिसम्म तल आउन सक्छ भन्ने भन्ने अनुमान लगाउन विभिन्न गोल्डेन रेसियो प्रयोग गरिन्छ। यस्ता रेसियो ०.२३, ०.३८, ०.५०, ०.६१ र ०.७८ प्रतिशतका हुने गर्छन्। यो कम्पनीको सेयरभाउ ०.२३ प्रतिशतमा ५१० रुपैयाँ, ०.३८ प्रतिशतमा ५०० रुपैयाँ, ०.५ प्रतिशतमा ४९० र ०.६१ प्रतिशतमा ४८० रुपैयाँसम्म आउन सक्छ।
निष्कर्ष
आधारभूत रुपमा बलियो नै रहेको रिडी पावरको पुँजीको झन्डै ५० प्रतिशत रिजर्भ रहेको देखिन्छ। गत वर्षका लागि ४२ प्रतिशत लाभांश घोषणा गरेको यो कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै सतप्रतिशत नै कमी आएको देखिन्छ। ईपीएसमा पनि उल्लेखनीय गिरावट आएको देखिन्छ। यस हिसाबले गत आर्थिक वर्षका लागि आकर्षक लाभांश वितरण गरेको कम्पनीले अब लगानीकर्तालाई फेरि पनि राम्रो प्रतिफल दिन भने रिजर्भको प्रयोग गर्नुपर्ने हुन सक्छ।
प्राविधिक हिसाबले यो कम्पनीमा फियर एन्ड ग्रिड मिटरले बुलिस सेन्टिमेन्ट देखिन्छ। तर, आजको उच्च उतारचढावले भने यो कम्पनीको सेयरभाउ सम्हालिन अझै केही समय लाग्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19