काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज चैत २० गते हुने १९ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश पारित गर्दैछ।
संस्थाको वार्षिक साधारणसभा चितवनको सौराहास्थित होटेल मोनासिलामा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। सभाबाट लाभांश अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
संस्थाको हालको चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँ रहेको छ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले गत चैत १० गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19