-अर्जुन तिमिल्सिना 

काठमाण्डौ।धितोपत्र दोस्रोबजारमा तीन वटा सिमेन्ट कम्पनीको सेयर कारोबार भइरहेका छन्।

बजारमा शिवम् सिमेन्ट,घोराही सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयलको कारोबार भइरहेको छ ।

सोना  र घोराही सिमेन्टको कारोबार केहि महिनादेखि मात्रै दोस्रोबजारमा कारोबारमा छ । शिवम् सिमेन्टको सेयर कारोबार भने  करिब पाँच वर्षदेखि कारोबार भइरहेकोछ।

यी तीन वटै कम्पनीको सेयर नेप्सेको उत्पादन समूहमा सूचीकृत छन्।यी कम्पनीलाई आज हामीले आधारभूत र प्रावधिकिरुपमा विश्लेषण गर्ने कोशिश गरेका छौं ।

शिवम् सिमेन्ट :
 चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ४अर्ब ४० करोड रुपैयाँ छ।कम्पनीको जगेडा कोषमा ४अर्ब ६२करोड रुपैयाँ छ।समीक्षा अवधसिम्ममा कम्पनीको खुद नोक्सानी ५ करोड ३४ लाख रुपैयाँ छ।

कम्पनीको बुकभ्यालु २०५ रुपैयाँ र प्रतिसेयर आम्दानी ४.८६ नेगेटिभ रुपैयाँ छ।
फिएर एन्ड ग्रिड मिटरका आधारमा

फिएर एन्ड ग्रिड मिटरका आधारमा कम्पनीको सेयरमा साप्ताहिक रुपमा ६०को तहमा बुल सेन्टिमेन्टमा चलेको देखिन्छ।यसले  कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएको संकेत गर्छ।

दोस्रोबजारमा यो कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ७०३ रुपैयाँ र न्यूनमूल्य ३९२ रुपैयाँ छ। कम्पनीको यो साता दोस्रोबजारमा ५७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

इलिअट वेभका आधारमा :

इलिअट वेभमा बजार तथा कम्पनीको सेयरमूल्यमा माथि जाने ५ फरक फरक वेभ हुन्छन् भने तल जाने तीन ओटावेभ हुन्छन्।माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २वटा सुधारका हुन्छन् । यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ वेभ भने करेक्सनका हुन्छन्।वेभ ५करेक्सन वेभ ए हो।वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

यो कम्पनीको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइमफ्रेमको वेभ ४ चल्दै गरेको देखन्छि।कम्पनीको न्यूनमूल्य ४५५ रुपैयाँदेखि ५०९ रुपैयाँसम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २मा ४६१रुपैयाँसम्म, वेभ ३मा बढोत्तरीका साथ ६२४रुपैयाँसम्म र वेभ ४मा करेक्सन भएर पुनः५६०रुपैयाँसम्म आउन सक्छ।अबको बढोत्तरीमा यो कम्पनीको सेयरभाउ एकपटक करेक्सन भएर वेभ ५को बढोत्तरी हुन सक्ने देखन्छि।त्यो भनेको ७०० रुपैयाँसम्म हो र यहि भाउमा कम्पनीको सेयर पुग्न सक्दछ ।

घोराही सिमेन्ट :
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको
चुक्तापूँजी ३अर्ब ९७ करोड रुपैयाँ छ ।  कम्पनीको जगेडा कोषमा ६.७३ करोड रुपैयाँ छ । कम्पनीको खुद मूनाफा ५ करोड ३४ लाख रुपैयाँ  छ । प्रतिसेयर आम्दानी १.३४ रुपियाँ छ । कम्पनीको बुकभ्यालु २६९ रुपैयाँ छ । कम्पनीको रिर्टन अन इक्विटी ०.५ प्रतिशत छ । 
फिएर एन्ड ग्रिड मिटरकाआधारमा
फियर एण्ड ग्रिड मिटरको आधारमा  यो कम्पनी ७० को तहमा साप्ताहिक बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य ५७५ र न्युन
मूल्य २६९ रुपियाँ छ । यस कम्पनीमा ८० प्रतिशत सेयर संस्थापक र २० प्रतिशत सेयर सर्बसाधारण समूहतर्फ रहेको छ । 

इलिअट वेभका आधारमा

यो कम्पनीको सेयरभाउलाई इलिअट वेभबाटहेर्दा हाल सानो टाइम फ्रेमको वेभ ४ चल्दै गरेको देखन्छि।कम्पनीको न्यूनमूल्य ३६४ देखि ४४९रुपैयाँसम्म वेभ१, सामान्य करेक्सन भएर वेभ२मा ४०९ रुपैयाँसम्म, वेभ३मा बढोत्तरीका साथ ५९० रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः ५५५ रुपैयाँसम्म आउन सक्छ।वेभ५मा बढोत्तरीका साथ कम्पनीको सेयरभाउ ६२० रुपैयाँसम्म पुग्न सक्छ।सोनापूर मिनरल्स एण्ड ओइल लिमिटेड :
यस कम्पनीको प्राथामिक सेयर निस्कासन गर्दाको प्रतिबेदन अनुसार चुक्तापूँजी ३ अर्ब ७ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ७७ करोड ५१ लाख  २४ हजार
रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.४७ रुपैयाँ छ । 
फियर एण्ड ग्रिड मिटरको आधारमा 
यो कम्पनीलाई नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा राखिएको छ । फियर एण्ड ग्रड मिटरमा यो कम्पनी साप्ताहिक बुलिस सेन्टिमेन्ट ७० को तहमा चलेको छ । कम्पनीमा ६० प्रतिशत संस्थापक सेयर र ४० प्रतिशत सर्बसाधारण
समूहको छ । हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार ४३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 


निष्कर्ष : 
घोराही सिमेन्टको जगेडा कोषमा ६
 अर्ब ७३ करोड रुपैयाँ मात्रै देखिन्छ । दोस्रो बजारमा उक्त कम्पनीको ५७२, शिवमको ५७० र सोनापूर मिनरल्सको ४३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोस्रो बजारमा सेयरमूल्यको हिसावले शिवम र घोराहीमा लगानीकर्ताहरुको बराबर चासो देखिन्छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनको आधारमा शिवम सिमेन्ट ५ करोड ३४ लाख खूद नोक्सानीमा छ । घोराही ५  करोड ३४ लाख रुपैयाँले मूनाफामा रहेकोछ । दोस्रो बजारमा सेयरको मूल्य माग र आपूर्तिले पनि प्रभाव पर्छ । केहि वर्ष पहिले नै धितोपत्र बजारमा आएको शिवमको जगेडामा ४ अर्ब ६२ करोड रुपैयाँ छ भने घोराहीको ६ अर्व ७३ करोड रुपियाँ छ । शिवम सिमेन्टमा शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ भने घोराहीमा २० प्रतिशत मात्रै सेयर सर्वसाधारणमा परिणत भएको छ । सोनापुर मिनरल्समा करिब ३ अर्ब चुक्तापूँजीमा ४० प्रतिशत सेयर सर्वसाधारणको छ । 
प्रावधिक रुपमा इलिअटवेभमार्फत् यी कम्पनीहरुलाई हेर्दा सबैमा वेभ ४ चलेको र आगामी दिनमा सेयरमूल्यमा केहि करेक्सन हुन सक्ने देखिन्छ । बोलिङगर ब्यान्डमार्फत् हेर्दा अपर ब्यान्डमा शुटिङ स्टार बनेको कारण पनि यी कम्पनीको सेयर भाउमा आगामी कारोबारमा केहि बिक्री दबाब पर्ने सक्ने देखिन्छ । 

शिवम् र घोराही सिमेन्टको कुरा गर्दा यी दुबै कम्पनी सेयरबजारमा कडा टक्करका साथ अगाडि बढेको अवस्था छ । यी दुबैको सेयर मूल्यअन्तर पनि धेरै छैन। गत आवको मुनाफाबाट घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ भने  शिवम् सिमेन्टले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । अर्थात् दुबैको लाभांश करिब- करिब समान छ ।तर सोनापुरले भने हालसम्म लाभांश घोषणा गरिसकेको छैन ।
कुन कम्पनीको सेयर किन्दा बढी फाइदा ?

लगानीकर्ताका लागि कुन कम्पनीको सेयर खरिद गर्दा धेरै फाइदा होला भन्नु स्वभाविक नै हो । लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा जुन कम्पनीको सेयर किन्दा बढी प्रतिफल पाइन्छ, त्यही कम्पनी नै किन्ने हो ।
दोस्रो बजारमा सेयरको मूल्य माग र आपूर्तिले निर्धारण गर्दछ।तुलनात्मक विश्लेषणलाई आधार मान्ने हो भने शिव
 तुलनामा घोराहीको चुक्तापूँजी पनि कम र दोस्रोबजारमा आपूर्ति पनि कम छ । साथै घोराही सिमेन्टको खूद नाफा पनि सकारात्मक देखिन्छ ।

उता सोनापुरको भने चुक्तापूँजी शिवमको तुलनामा कमी नै छ । बजारमा नयाँ र कम पूँजी भएका कम्पनीहरु बढी चलेको अवस्था विद्यमान रहेकाले नयाँ कम्पनीले लगानीकर्तालाई बढी पूँजीगत लाभ दिन सक्ने सम्भाबना छ ।

तर दोस्रो बजारबाट उच्च मुनाफा निकाल्न खरिद गर्ने लगानीकताको क्षमतामा पनि भर पर्ने गर्दछ।
(नोटः सेयरबजारमा लगानी जोखमिपूर्ण हुन्छ।यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)