काठमाण्डौ । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो ।

'ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।'-मौद्रिक नीतिको समीक्षामा भनिएको छ । 

गत माघदेखि राष्ट्र बैंकले हुन्डीलगायतका कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स बन्द गरेको थियो । पहिला १ लाखको सीमा राखिए पनि २०७८ फागुनदेखि भने त्यसलाई घटाएर २५ लाख गरिएको थियो । 

आन्तरिक रेमिट्यान्स बन्द भएका कारण समेत आर्थिक गतिविधि संकुचनमा परेको भन्दै निजी क्षेत्रबाट यो पुनः खोल्नुपर्ने माग जोडदार रुपमा उठेको थियो । निजी क्षेत्रको यो मागप्रति प्रधानमन्त्री समेत सकारात्मक थिए । 

सरकारदेखि निजी क्षेत्रसम्मको दवाब आएपछि आफैंले गरेको व्यवस्थालाई केन्द्रीय बैंकले १० महिनामै पुनः खारेज गरेको हो।