काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित कुल ९.०५२६ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ८.६० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago