काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलमा हुने संस्थाले जनाएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
संस्थाको चुक्तापुँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19