काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले समीक्षा अवधिमा ४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुनलामा ६.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा ६.४४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ४६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ५ करोड ८१ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिमा संस्थाले ६ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६५ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी भने १०.९६ प्रतिशतले घटेको छ। 

पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर १.४९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.६० प्रतिशत थियो। 

समीक्षा अवधिमा संस्थाले ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ८६ करोड ९५ लाख रुपैयाँको संस्थाको रिजर्भको आकार ६.६७ प्रतिशतले घटेर ९ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड ७४ लाख रुपैयाँ थियो। 

संस्थाको वार्षिककृत प्रतिसेयर आम्दानी (ईपीएस) भने सामान्य घटेर १८.७६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १८.९९ रुपैयाँ थियो। पीई रेसियो २९.७० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६.९३ रुपैयाँ रहेको छ।