काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २० लाख १० हजार खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा २२४.५५ प्रतिशतले बढी हो । गत वर्ष माइक्रोफाइनान्सको नाफा ६ लाख १९ हजारमा सीमित थियो । 

कम्पनीले संचालन नाफामा समेत भारी वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ लाख १८ हजारमा सीमित संचालन मुनाफामा ४२८.५० प्रतिशतको वृद्धि गरी २२ लाख ११ हजारको उचाईमा पुगेको छ । 

माइक्रोफाइनान्सले अघिल्लो वर्ष १ करोड ५३ लाखमा सीमित खूद ब्याज आम्दानी बढाएर २ करोड ६० लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा आरम्भ माइक्रोफाइनान्सले १० करोड ३५ लाख निक्षेप संकलन गरी तथा ३१ करोड १२ लाख सापटी लिई ३५ करोड ७३ लाख बढी कर्जा परिचालन गरेको छ। 

अघिल्लो वर्ष यही अवधिमा ३ करोड ९८ लाख निक्षेप संकलन गरी तथा २८ करोड ३२ लाख सापटी लिई २९ करोड ६ लाख बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ५५ लाख ५७ हजार ऋणात्मक रहेको रिजर्ब ३५ लाख ४६ हजार ऋणात्मक भएको छ । 

कम्पनीमा खराब कर्जाको अनुपात थुप्रिएको छ । अघिल्लो वर्ष ०.१० प्रतिशतमा सीमित खराब कर्जाको अनुपातमा २ हजार प्रतिशतले वृद्धि भई २.१० प्रतिशतको अनुपातमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.०९ रुपैयाँ र मूल्यआम्दानी अनुपात १७३.६९ गुणा कायम भएको छ ।