काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा आज प्राविधिक समस्या आउँदा करिब आधा घण्टाले ढिलो खुलेको बजार दिनभर नै उत्तारचढाव रह्यो ।

यो अवधिमा करिब १८ अंकले घटेर बन्द भएको बजार अन्त्यमा १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुम सामान्य रह्यो । प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्ने हो भने केही दिन पहिले बोलिङगरको अपर ब्यान्डमा इन्भर्टेड् ह्याम्मर बनाएएको थियो । 

 त्यहाँबाट ओरालो यात्रा तय गरेको  बजार  यो दिन मध्य ब्यान्डबाट पनि तल खसेको छ । आज १ हजार ८७६ मा बन्द भएको बजारले अब बोलिङगरको तल्लो ब्यान्ड १ हजार ८५० मा बलियो सपोर्ट लिन सक्छ । म्याक्डीमार्फत् हेर्दा आज कारोबारको पहिलो प्रहरमा वियरिस क्रसओभर बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।

आवरली चार्टमा नै आरएसआईमार्फत् हेर्दा एक पटक ओभर बट जोन ७० मा पुगेर बजार यस्तो विन्दु आज ४९ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट बजारलाई नियाल्दा बजार अल्पकालमा समान्य करेक्सन आउन सक्ने देखिन्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)