काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।
संस्थाको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते शनिबार नुवाकोटको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ।
संस्थाले गत आर्थिक वर्षका लागि कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
यसैगरी सभाले अन्य उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago