काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ। 

नुवाकोटको ककनीमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिनेजस्ता महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। 

सभाबाट संथापक सेयरधनीका तर्फबाट सञ्चालकमा निर्गुणप्रसाद भट्टचन, प्रदीपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्विरोध निवार्चित भएका छन्। सोही दिनमा बसेको सञ्चालक समितिको बैठकले निर्गुणप्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ।