काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको मंगलबार (फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको ककनी–६स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश छन्। 

अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

सभामा स्वतन्त्र सञ्चालक नियुक्ति गरिएको जारी गराइन्छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही फागुन ६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।