-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । हाथवे इन्भेष्टमेण्ट कम्पनी बारे अहिले बजारमा निकै चर्चा सुनिन्छ ।

यस कम्पनीको सेयर कतिपय लगानीकर्तालाई किन्दै नकिनेर पछुतो लागेको देखिन्छ भने केहि लगानीकर्तालाई चाहिं खरिद गरेर पनि चाँडो बिक्री गरेकोमा पछुतो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा लगानी क्षेत्रमा रहेको यो कम्पनी सन् २००९ मा स्थिापित भएको कम्पनी हो ।

यो कम्पनीले खासगरि पूँजीबजार, टुरिजम साना तथा मझौला उद्योग र  पुर्वाधार निमार्णमा लगानी गर्ने गरि यो कम्पनी  सञ्चालनमा छ । 
आधारभुत पक्ष :
चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपियाँ छ भने जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

जगेडा कोष बलियो देखिएपनि कम्पनीको अन्य वित्तीय विवरण भने खासै सन्तोषजनक छैन । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २.७ रुपैयाँ छ भने बुक भ्यालु ८०.२४ रुपैयाँ मात्रै छ । कम्पनीको रिर्टन अन इक्विटी भने जम्मा ३.३७ प्रतिशत छ ।
 प्राविधिक पक्ष :
फियर एण्ड ग्रिड मिटरको आधारमा :- 
फियर एण्ड ग्रिड  मिटरको  आधारमा यो कम्पनी साप्ताहिक बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरु निकै लोभिएका छन् भन्ने हो ।  कम्पनीको ५२ साताको उच्च मूल्य ७५० रुपियाँ र न्युन मूल्य २८४ रुपियाँ रहेको देखिन्छ । यस कम्पनीमा ८७.५ प्रतिशत संस्थापकातर्फ र १२.५ प्रतिशत सर्वसाधारणतर्फ रहेको छ । 

इचिमोकू :
जापानी इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत हाथवे इन्भेष्टमेन्ट कम्पनी नेप्सेको चार्टमा बुलिस क्रसओभर देखिएको छ।
इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानी नागरिकले प्रतिपादन गरेका हुन् । यसपछि यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। 

 

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । यस अन्तरगत यो कम्पनीको सेयर भाउ गत मंसिर १० गते नै बुलिसमा रहेको देखिन्छ । मूल्य रेखाहरु क्लाउड पोजिसनभन्दा माथि माथि चलेको देखिन्छ । क्लाउडको पोजिसन पनि हरियो छ ।

२६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउडको पोजिसनभन्दा माथि माथि चलेको देखिन्छ । यस इन्डिकेटरमार्फत् हेर्दा कम्पनीको सेयर भाउ बुलिस यात्रामा चलेको देखिन्छ । 
हेर्नुहोस माथि मूख्य तस्विरमा 
बोलिङगर ब्यान्डको आधारमा :-

यो कम्पनीको मूल्य रेखा अपर ब्यान्डसँगै हिंडेको छ । यसको साथै सातको दोस्रो कारोबार दिन सोमबार पनि बुलिस प्रकृतीको क्यान्डल बनेको छ । यसले कम्पनीको सेयर भाउ अझै केहि समय बढ्न सक्ने देखिन्छ ।

म्याक्डीमार्फत् हेर्दा अघिल्लो महिना नै बुलिस क्रसओभर बनेको देखिन्छ । आरएसआईबाट हेर्दा ओभर बट जोन ८८ को तहममा पुगेको छ । मनी फ्लो इन्डेक्स पनि करिब ८० को तहमा पुगेको छ । समग्रमा चारवटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर भाउमा अझै केहि दिन खरिद चाप पर्ने देखिन्छ भने त्यसपछि आएर करेक्सन आउन सक्ने देखिन्छ । 
पिभट् प्वइन्ट :
पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर कम्पनीको सेयरमूल्यको भविष्यमा हुने उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –९९७
प्रतिरोध २ –८७६
प्रतिरोध १– ७६५
पिभट प्वइन्ट : ६९२

घटेमा सपोर्ट :
सपोर्ट १– ५८१
सपोर्ट २– ५०८
प्रतिरोध ३ –४००
निष्कर्ष : चालू आवको प्रथम  त्रैमासको प्रतिवेदनको आधारमा  कम्पनी आधारभूत रुपमा कमजोर रहेको देखिन्छ । यद्यपि दोस्रो बजारमा कतिपय लगानीकर्ताहरुले भविष्यको अपेक्षा अनुसार लगानी  गर्ने भएकोले कम्पनीको सेयरको भाउ तलमाथि भने हुन सक्छ ।

यूरोप तथा अमेरिकामा बर्कसायर हाथवेको सेयर भाउ यो दिन प्रतिकित्ता साढे ५ लाख अमेरिकी डलर छ । यो कम्पनीको भविष्य देखेर कुनै दिन लगानी गर्ने आजको दिनमा मालामाल छन् ।यसैले कुनै पनि लगानीकर्ताहरुले जहिले पनि भविश्यलाई पछ्याउँदै लगानी  बढाएका हुन्छन् ।

तथापि हामीले यस कम्पनीको सेयरको भाउलाई  विभिन्न विश्लेषणात्मक इन्डिकेटर, इलिअट  वेभ, पिभट् प्वइन्ट, बजारमा लगानीकर्ताहरको मनोविज्ञान तथा कम्पनीको सेयर संख्या र बजारको अहिलेको चाल जस्ता विषयलाई ध्यानमा राखेर विश्लेषण गरेका हौं ।

त्यसैले तथ्य, तथ्यांकको आधारमा विश्लषण गर्दा यो कम्पनीको सेयर भाउ पिभट् प्वइन्टको तेस्रो प्रतिरोधसम्म अर्थात्  १ हजार रुपैयाँमाथि नै पुग्ने सक्ने अनुमान लगाउन सकिन्छ । 
(नोट : सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ,  यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।)