काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले साविक एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँको कुल २९.१६ प्रतिशतले हुन आउने ९ करोड ४६ लाख ४१ हजार ९०८.१५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २७.७ प्रतिशतले हुन आउने ८ करोड ९९ लाख ९ हजार ८१२.७४ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.४६ प्रतिशतले हुन आउने ४७ लाख ३२ हजार ९५.४१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निर्णय संस्थाले गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19