काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

संस्थाको आज बसेको साधारणसभाले चुक्तापुँजी रु.४१ करोड ४५ लाख १३ हजार २८४.७३ को २० प्रतिशतले कायम हुन आउने रु. ८ करोड २९ लाख २ हजार ६५६.९५ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । सभाले आ.व. २०७९–८० को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनार्थसम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारीसमेत सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ। 

सभाले संस्थामा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई ‘इम्प्लोई अफ द इयर’ अवार्डसमेत प्रदान गरेको छ। 

सभा संस्थाका अध्यक्ष बलराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको भएको थियो।