-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्।

यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा छ। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको छ।
आधारभूत पक्ष :
चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीको रिटेन अन इक्विटी ३ अर्ब १४ करोड रुपियाँ छ भने जगेडा कोषमा ८ अर्ब ३५ कारोड रुपियाँ छ । पहिलो त्रैमासमा कम्पनीको खूद मुनाफा ८२ करोड ७७ लाख रुपियाँ छ । प्रतिसेयर आम्दानी ३५.११ रुपियाँ छ भने बुक भ्यालु २२२ रुपियाँ छ । कम्पनीको रिर्टन अन इक्विटी १५.८२ प्रतिशत छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४९ प्रतिशतले कमी हो । खराब
कर्जा १.१ प्रतिशत छ । कम्पनीको विगत १० वर्षको औषत लाभांश दर ३४ प्रतिशत रहेको छ ।
प्राविधिक पक्ष :
इलिअट वेभ 
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वटा वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ बढोत्तरीका हुन्छन् भने २ र ४ करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  
यो कम्पनीको सेयर भाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फ्रेमको वेभ ४ चल्दै गरेको देखिन्छ । कम्पनीको न्युन मूल्य ३७७ देखि ४८८ सम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा ३९० रुपैयाँ, वेभ ३  मा बढोत्तरीका साथ ५८६   रुपैयाँसम्म र वेभ ४ मा हालको  करेक्सन भएर  ५१६ रुपैयाँसम्म झरेको छ ।

अबको बढोत्तरीमा यो कम्पनीको सेयरमा बढोत्तरी आँउदा वेभ ५ को बढोत्तरी हुन सक्ने देखिन्छ । त्यो भनेको ७२० रुपियाँसम्म यो कम्पनीको सेयर भाउ जान सक्ने  देखिन्छ । 
हेर्नुस माथि  मूख्य तस्बिर
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआईको आधारमा :
डेली बेसमा बोलिङगर ब्यान्डको आधारमा यो कम्पनीको सेयर भाउलाई नियाल्दा हाल मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । यदि यहि मूल्यमा टिकेर यहाँभन्दा माथि लाग्छ भने कम्पनीको सेयर भाउ अल्पकालमा ५४० रुपियाँसम्म पुग्न सक्छ ।

म्याक्डीमार्फत् हेर्दा केहि समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा छोटा हुँदै गएको देखिन्छ । आरएसआइ एक पटक  ओभर सोल्ड जोन २६ भन्दा तल पुगेर हाल बढ्दो क्रममा ४७ को तहमा पुग्न सक्छ । यस्तो विन्दु बजार बढ्दा ओभर बट जोन ७०  भन्दा माथि पुग्न सक्छ । 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव हो । 
बढेमा प्रतिरोध :
प्रतिरोध ३ –५६१
प्रतिरोध २ –५५०
प्रतिरोध १– ५७३
पिभट प्वइन्ट : ५२६

घटेमा सपोर्ट :
सपोर्ट १– ५१३
सपोर्ट २– ५०२
सपोर्ट  ३ –४८९

निष्कर्ष :  आधारभुत रुपमा भन्दा अन्य वाणिज्य बैंकहरुभन्दा यो बैंकको
चुक्तापूँजी कम भएको देखिन्छ । कम्पनीको चुक्तापूँजी १० अबै रुपैयाँभन्दा कम देखिन्छ । चालू आवको वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष, रिटेन अर्निङमा, प्रतिसेयर आम्दानी र बुक भ्यालुमा सुधार भएको छ भने पूँजीमा कुनै परिवर्तन भएको छैन । कम्पनीको खराव कर्जा  सामान्य बढेको छ ।

यो कम्पनीको राम्रो पक्ष हो भने रिर्टन अन इक्विटी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४९ प्रतिशतले घटेको छ । यो राम्रो पक्ष भने होइन । किनकि कम्पनीमा लगानीकर्ताहरुले रिर्टन अन इक्विटी बढ्दो क्रममा रहेको हेर्नु उपयुक्त हुन्छ । आधारभूत रुपमा लगानीको हिसावले यो कम्पनी कम पूँजी भएकाले राम्रो नै देखिन्छ ।

प्राविधिक रुपमा हाल इलिअट वेभको सानो समय अवधिको  वेभ ४ चल्दै गरेको देखिन्छ । वेभ ५ मा भने यो कम्पनीको सेयर भाउ अबको बढोत्तरीमा ७२० देखि ८०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिस भने होइन ।)