काठमाण्डौ । शाखा सञ्जालको हिसाबले अधिकांश वाणिज्य बैंकभन्दा अगाडि रहेको नेपाल ग्रामीण विकास बैंकको खूद नाफामा भने डरलाग्दो संकुचन देखिएको छ । यो माइक्रोफाइनान्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा ८ करोडले घट्न पुुगेको हो । अघिल्लो वर्ष २४ करोड ५८ लाख रुपैयाँ रहेको नाफा संकुचित भई १६ करोड  १४ लाखमा सीमित बन्न पुुगेको हो । 

कर्मचारी खर्चमा झण्डै दुुईगुणाले वृद्धि हुँदा नाफामा धक्का पुुगेको देखिन्छ । यो कम्पनीको अघिल्लो वर्षको कर्मचारी खर्च ४७  करोड १४ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर ७४ करोड ३९ लाखको उचाईमा पुुगेको छ । 

ग्रामीण विकास बैंकले समीक्षा अवधिमा व्यवसाय बिस्तारमा समेत ध्यान दिएको देखिन्छ । 

यहीकारण खूद ब्याज आम्दानी ८६ करोड ९ लाखबाट वृद्धि भई १ अर्बको उचाईमा पुुगेको छ । 
खर्च वृद्धिका कारण संचालन मुनाफा पनि खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा २८ करोड ७९ लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा १८ करोड २३ लाखमा झरेको छ । 

यो अवधिमा ग्रामीण विकास बैंकले ४ अर्ब ५३ करोड निक्षेप संकलन गरी तथा २ अर्ब २५ करोड निक्षेप संकलन गरी ७ अर्ब ७२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब २९ करोड सापटी लिई तथा १ अर्ब ८१ करोड निक्षेप संकलन गरी ६ अर्ब ४१ करोड कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा जगेडाकोषको अवस्थाको बिषयमा कम्पनीले लेखापरीक्षण नभएको बित्तीय विवरणमा केही पनि उल्लेख गरेको छैन । हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड ७५ लाख रहेको छ । 

यो अवधिमा ग्रामीण विकास बैंकको प्रतिसेयर आम्दानी घटेर २८.९६ रुपैयाँ कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३१.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.७६ गुणा कायम भएको छ ।