काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुका लागि आकर्षक बोनस प्रस्ताव गरेको छ । 

यो बैंकको भदौ २५ गते बसेको १९५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ३०.१२ प्रतिशत बोन सेयर वितरणको निर्णय गरेको हो । 

यो हिसाबले बैंकले कुल ११ करोड ५८ लाख ३० हजार २ सय २५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

सो बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि बैंकले सेयरधनीलाई १.५८५२६ प्रतिशत नगद लाभांश वितरणको निर्णय समेत गरेको छ । 

बैंकको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।