Excel Development Bank
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकको असोज १० गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
यो प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभामा पेश हुनेछ ।
बैंकको हाल चुक्तापूँजी ३० करोड ७६ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्तापूँजी ३८ करोड ४५ लाख पुग्ने बताइएको छ ।
अघिल्लो वर्ष एक्सेलले २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७२/७३ को अवधिमा यो बैंकले १० करोड ६ लाख खूद नाफा आर्जन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago