काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट देशभर संचालित अटोमेटेड टेलर मसिन(एटीएम)मा नेपाली भाषामा कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउनुपर्ने भएको छ ।
नेपाल राष्ट्रबैंकले यस्ता एटीएम मसिन संचालन गर्ने बैंक तथा बित्तीय संस्थाहरुका नाममा सूचना प्रकाशित गरी अबको ३० दिनभित्र त्यस्ता मसिनहरुमा अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले एटीएमहरुमा नेपाली भाषाको प्रयोग नभएको जनगुनासो व्यापक रुपमा आएपछि यस्तो व्यवस्था गरिएको समेत प्रष्ट पारेको छ ।
विभागले नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई सो विषयमा ३० दिनभित्रमा लिखित रुपमा जानकारी गराउन समेत बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ ।
एक महिनाभित्र एटीएममा नेपाली भाषाको प्रयोग नगरिए कारबाही हुने समेत चेतावनी दिइएको छ । ‘सो अवधिमा त्यस्तो व्यवस्था मिलाएको नपाईएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुनेव्यहोरा समेत सूचित गरिन्छ ।’ विभागले आफ्नो सूचनामा भनेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago