काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटको प्रवद्र्धनमा संचालित एनआइबिएल समृद्धि फण्ड १ ले १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गर्दै यो म्युचुुअल फण्डले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना इकाई धनीहरुलाई १८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । 

साउन ३१ गते बसेको फण्ड प्रवद्र्धक कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार नगद लाभांश वितरणका लागि आगामी भदौ १३ गतेलाई बुक क्लोजको मिति समेत तोकिएको छ । यो म्युुचुुअल फण्डको इकाई भदौ १२ गतेसम्म खरीद गरेका वा आफ्ना नाममा नामसारी गरेकाहरु मात्र नगद लाभांशका लागि योग्य मानिनेछन् । 

तथापि, कम्पनीको यो निर्णय नियामकहरुको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउनेछ । 

एनआइबिएल समृद्धि फण्ड ७ बर्षे बन्दमुखी स्किम हो । २०७४ असार अन्तिमसम्म यसको प्रति इकाई खुद मूल्य १४.९४ रुपैयाँ रहेको छ । यो स्किम १ अर्बबाट सुरु भएको थियो ।