काठमाण्डौ । एनआईसी एशिया बैंकले मंगलबार थप दुुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । 

कैलालीको जोशीपुर गाउँपालिका वडानम्बर २ र जाजरकोटको भेरी नगरपालिका वडानम्बर ४ मा संचालनमा रहेका शाखाहरुको भिन्ना भिन्नै कार्यक्रमको आयोजना गरी औपचारिक उद्घाटन गरेको हो । 

जोशीपुर गाउँपालिका कार्यकारी अधिकृत नारायणबहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीबाट समग्र रुपमा जोशीपुर शाखाको र त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तिबाट जाजरकोट शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।