काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतको प्रगति हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन भएकोमा यो वर्ष बढेर १ अर्ब १३ अर्बको उचाईमा पुगेको हो ।

व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ३७ करोड खुद ब्याज आम्दानी भएकोमा यो वर्ष बढेर १ अर्ब ८४ करोडको उचाईमा पुगेको छ ।

चुक्तापुँजी अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब ६ करोड रहेकोमा यो वर्ष बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यो अवधिमा ७८ अर्ब ९९ करोड निक्षेप संकलन गरी ६७ अर्ब ३५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६४ अर्ब १४ करोड निक्षेप संकलन गरी ५२ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले निस्क्रिय कर्जा(एनपीएल)लाई घटाउने कार्यमा समेत राम्रो सफलता हात पारेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १.११ प्रतिशतमा रहेको निस्क्रिय कर्जा यो वर्ष सोही अवधिमा घटेर ०.४६ प्रतिशतमा झरेको हो ।

तेश्रो त्रैमाससम्म यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २६ रुपैयाँ ६ पैसा, प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा र मुल्य आम्दानी अनुपात २६.०६ गुणा कायम भएको छ ।