काठमाण्डौ । एनआइसी एशिया बैंक आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ । 

यो बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष एनआइसी एशिया बैंकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४७ करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ६ अर्ब ६९ करोड रुपैयाँ छ । घोषित २० प्रतिशत बोनस सेयरको पूँजीकरणपछि एनआइसी एशिया बैंकले आरामले ८ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।