काठमाण्डौ । एनआइसी एशिया बैंकले दुुई कार्यदिनमै सेयर धितोकर्जा दिने भएको छ । यो बैंकले ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना शेयर धितो कर्जा पुनः सुरुवात गर्दै यस्तो घोषणा गरेको हो ।

बैंकले एक विज्ञप्ति जारी गर्दै सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको प्रष्ट्याएको हो ।

बैंकका सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ ।  यस कर्जाअन्तर्गत ग्राहकहरुले न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा लिन पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराइने बैंकको कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डिङ म्यानेजर सरोज भट्टराईले बताएका छन् ।