काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनआइसी एसिया बैंक लिमीटेडले ४३.६९ प्रतिशतको प्रगति हासिल गरेको छ । 

बुधबार प्रकाशित बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ५० करोड २० लाख रुपैयाँ रहेको खूद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा खूद नाफा बढेर ७२ करोड १४ लाखको उचाईमा पुुगेको हो । 

खूद ब्याज आम्दानी ८४ करोड ११ लाख रहेकोमा यो वर्ष बढेर १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो बैंकको चुक्तापूँजी ५ अर्ब ८१ करोड र जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

यो वर्ष बैंकले ७९ अर्ब ७ करोड निक्षेप संकलन गरी ६६ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ५८ अर्ब ३१ करोड निक्षेप संकलन गरी ४६ अर्ब २७ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो आबको दोश्रो त्रैमासमा १.४० प्रतिशत रहेको बैंकको निस्क्रिय कर्जा अनुपात यो वर्ष सोही अवधिमा घटेर ०.७२ प्रतिशतमा झरेको छ । 

एनआइसी बैंकको प्रतिसेयर आम्दानी २४.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.५० रुपैयाँ र पीई रेसियो २०.३७ गुणा कायम भएको छ ।