काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट पाउने भएका छन्। 

यो योजनामा बैंक र दराजबीच समझदारी भएको हो। यो योजनामा सहभागी हुन चाहने बैंकका ग्राहकले २०७६ चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ। 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यानलगायतका अतिआवश्यक सामान खरिद गर्न प्रोत्साहनस्वरुप यस्तो योजना ल्याइएको बैंकले जनाएको छ। 

यस विपतको घडीमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घन्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ। जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकलाई टाढै राखी कोरोनाभाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ। 

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयका लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्गजस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ। उक्त सेवाहरुका साथै ग्राहकले घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। 

बैंकका ग्राहकले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्छन्। यसका साथै बैंैकका ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार २०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ।

यस विषम परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।