काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा मुनाफा रकमबाट हाल कायम चुक्तापुँजी ५३ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कुल २२.६३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ६६ हजार २५५.१३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २१.५ प्रतिशतले हुन आउने ११ करोड ६० लाख ५८ हजार ३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार ३१७.७६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।