काठमाण्डौ । एनएमबी बैंकले खुलाएको ३ अर्ब ८० करोडको एफपीओमा सोमबार(असार १८ गते)सम्म २ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै आवेदन परेको छ ।

यो समयसम्म कुल ६५ हजार ८ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका हुन् । कुल निश्कासितमध्ये अझै ३४ प्रतिशतको हाराहारीमा एफपीओमा आवेदन परेको छैन । 

बैंकले प्रिमियमसहित ३३३ रुपैयाँ प्रतिकित्ताका दरले गत जेठ ३० गतेबाट १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन गरेको थियो । 

एफपीओमा सर्वसाधारणसँगै संस्थागत लगानीकर्ताले समेत खरीद गर्न पाउनेछन् । एफपीओमा असार २८ गतेभित्र आवेदन परिसक्नुपर्नेछ । सो समयसम्म पनि सबै कित्ताका लागि आवेदन नपरे अण्डरराइट गर्नेले बाँकी रहेको कित्ता उठाउनुपर्नेछ । 

आवेदन दिने समय अब ९ दिन मात्र बाँकी रहँदा समेत ३४ प्रतिशत कित्ता अझै बिक्री नभएकोले यो बैंकको एफपीओ समेत अण्डरराइट गर्नेले नै सकार्नुपर्ने अवस्था देखिएको छ ।